सुनचाँदीको आजको भाउ कति ?
नेपालखोज
२०७८ असोज ६ गते ११:२४

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला ९०० सय रूपैयाँले बढेर ९० हजार १ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन ८९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुन पनि ९०० रुपैयाँले बढेर ८९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ८८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलाको २५ रुपैयाँले बढेर १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १ हजार १ सय ४०रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित

प्रतिक्रिया