डाएलाईसिस मेसिन तत्काल थप गर्न सरकारलाई शिक्षा समितिको निर्देशन

काठमाडौं । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिले डाएलाईसिस मेसिन तत्काल थप गर्न सरकारलाई निर्देशन दिएको छ ।
बुधबार सिंहदरवारमा बसेको समितिको बैठकले डाएलाईसिस मेसिन थप गर्ने योजना तत्काल कार्यान्वयनमा ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकमा समितिकी सभापति जयपुरी घर्तीले समितिले नेपालका नागरिकहरुमा इच्छाशक्तिको कमी भएकोले आत्मबल बढाउन मन्त्रालयले विभिन्न जनचेतनामुलक कार्यक्रम राख्नुपर्ने निर्णय भएको बताए । उनले छिटो भन्दा छिटो डाएलाईसिस गर्ने किड्नी ट्रान्सप्लान्ट गराउने कुरामा तत्काल ध्यान दिन पनि मन्त्रालयलाई निर्देशन दिए ।
किड्नी फेल हुने समस्या नेपालीहरुमा धेरै पाइएकोले यसलाई कसरी कम गर्ने भनेर अध्ययन गर्न आवश्यक रहेको भन्दै सभापति घर्तीले क्यान्सर, औलो र किड्नी ट्रान्सप्लान्टको उपचारको लागि विशेष अस्पतालहरु बनाउन पनि सुझाव दिए । सभापति घर्तीले समितिले गरेको निर्णय र सुझावलाई मन्त्रालयले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

प्रतिक्रिया