बुधबार, जेठ १, २०८२

३० अर्ब रुपैयाँको रिपो निष्काशन गर्दै राष्ट्र बैंक

नेपालखोज २०७८ असोज ६ गते १८:२९

काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज सात गते अर्थात भोलि बिहीबार ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बोलकबोलका माध्यमद्धारा सात दिने अवधिको उक्त परिमाणको रिपो जारी गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

रिपो खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले सो दिन अपरान्ह तीन बजेसम्म आवेदन दिन सक्नेछन् । रिपोको परिपक्व हुुने अवधि भने सात दिन अर्थात यही असोज १४ गते तोकिएको छ ।

प्रतिक्रिया