आजको मौसम : चार प्रदेशमा हल्का वर्षा, देशभर आंशिक बदली

काठमाडौं । देशका चार प्रदेशमा अहिले हल्का वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र प्रदेश १ का थोरै स्थानमा हल्का बर्षा भइरहेको हो ।
आज देशभर आंशिक देखि सामान्य बदली रहेको र दिउँसो केही स्थानहरूमा मेघ गर्जन र चट्यांगसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । बेलुका पनि केही स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ ।
भारतको पश्चिम राजस्थान आसपास तथा झारखण्ड आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरूको आंशिक प्रभाव रहेकाले नेपालमा दैनिक वर्षा भइरहेको हो । । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर छ ।
भोली (शुक्रबार) पनि देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । केही दिनदेखि निरन्तर वर्षा भएकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले बताएको छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउनु पनि आग्रह गरिएको छ ।
प्रतिक्रिया