बिहीबार, वैशाख १३, २०८१

रोबर्टले गर्दै छ चन्द्रमामा बरफ र पानीको अध्ययन

नेपालखोज २०७८ असोज ७ गते १२:००

काठमाडौं । रोवर्टले चन्द्रमामा पानी र बरफको अध्ययन गर्ने भएको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाले एउटा गुड्ने रोवर्ट पठाएर अध्ययन गर्दैछ ।

गल्फ खेलमा प्रयोग हुने गाडी जत्रै उक्त रोवर्टले नोबल क्रेटरको पश्चिमी किनारमा उत्रिएर अध्ययनको सुरुवात गर्ने बताइएको छ ।

सन् २०२३ मा ७३ किलोमिटर फराकिलो क्षेत्रमा अवतरण हुने र चन्द्रमाको दक्षिणी ध्रुवस्थित एउटा ज्वालामुखी पर्वतको मुख नोबल क्रेटरबाट अध्ययन सुरु गर्ने नासाले जनाएको छ ।

नोबल क्रेटर लगभग स्थायी रूपमै छायामा रहेको छ । भाइपर मिसनले चन्द्रमामा मानव अन्वेषणको योजनालाई सहयोग गर्ने र बरफ भेटिएमा त्यसलाई पिउने पानी र रकेटको इन्धनका रूपमा प्रयोग गर्न उत्खनन गर्न सकिने बताइएको छ ।

नासा यो दशकमा नै चन्द्रमाको सतहमा अन्तरिक्षयात्रीलाई पुनः पठाउन समेत चाहेको र ती यात्रीले धेरै अध्ययन गर्ने सकिने नासाको तर्क छ । उसको आर्टिमिस कार्यक्रम अन्तर्गत पहिलो पटक महिला र पहिलो अश्वेत व्यक्ति चन्द्रमा उत्रने छिन् ।

यसले पृथ्वीको एक मात्र उपग्रहमा दीर्घकालीन रूपमा मानवीय उपस्थितिका लागि ढोका खोल्ने नासाको दाबी छ । क्यालिफोर्नियास्थित नासाको एम्स रिसर्च सेन्टरमा भाइपरको परियोजना प्रबन्धक ड्यानिअल एन्ड्र्यु मिसनले चन्द्रमाको बरफलाई निकाल्न कति सजिलो वा अप्ठ्यारो हुनेछ भन्ने बुझ्न सहयोग गर्ने बताइन् ।

प्रतिक्रिया