ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठकमा के छ एजेन्डा ?

नेपालखोज २०७८ असोज ७ गते १३:०३

काठमाडौं । विधान महाधिवेशनका विषयमा छलफल र ३ प्रस्ताव पारित गर्न नेकपा एमालेको केन्दीय कमिटी बैठक बस्ने भएको छ । शुक्रवार र शनिवारका लागि अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन र संगठनात्मक प्रस्तावलाई पारित गर्न केन्द्रीय कमिटीको बैठक बोलाइएको जानकारी दिए । बैठक ललितपुरको च्यासलमा बस्ने छ ।

यसअघि असोज ४ गतेको बसेको स्थायी कमिटीको बैठकले ओलीको राजनीतिक प्रतिवेदनसँगै सांगठनिक र विधान संशोधन प्रस्तावलाई केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो ।

एमालेको विधान अधिवेशन असोज १५–१७ सम्म गोदावरीमा हुँदैछ । एमालेमा पहिलोपटक विधान अधिवेशन र महाधिवेशन फरक–फरक हुन लागेको हो ।

प्रतिक्रिया