शुक्रबार, वैशाख १४, २०८१

आईपीएल : आज मुम्बई र कोलकत्ता भिड्दै

नेपालखोज २०७८ असोज ७ गते १३:४२

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पनि एक खेल हुँदैछ । नेपाली समय अनुसार राति पौने ८ बजे हुने खेलमा मुम्बई इण्डियन्स र कोलकत्ता नाइट राइडर्स भिड्ने छन् । खेल यूएईको सेख जायद रंगशालामा हुनेछ ।

अहिलेसम्म ८ खेलमा ८ अंक जोडेको मुम्बई तालिकाको चौथो स्थानमा छ । ८ खेलमा तीन जित मात्र हात पारेको कोलकत्ता तालिकाको छैटौँ स्थानमा छ ।

हिजो भएको खेलमा दिल्ली क्यापिटल्सले शानदार जित निकालेको थियो । सनराइजर्स हैदराबाद दिल्लीसँग ८ विकेटले पराजित भएको हो । जितसँगै दिल्ली चेन्नाईलाई उछिन्दै १४ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया