बिहीबार, वैशाख १३, २०८१

साताको अन्तिम कारोबार दिन : नेप्से २८ सय १९ दशमलव ६५ अंकमा पुग्यो

नेपालखोज २०७८ असोज ७ गते १५:३२

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज पनि नेप्से बढेर रोकिएको छ । अघिल्लो दिन एक सय चार अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज भने दुई दशमलव सात अंकले बढेर २८ सय १९ दशमलव ६५ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९३ अंकले बढेर पाँच सय ३० दशमलव दुई अंंकमा पुगेको छ ।

दुई सय २८ वटा कम्पनीहरुको ८७ हजार आठ सय १० पटकको कारोबारमा एक करोड ५७ लाख १४ हजार दुई सय ६६ कित्ता सेयर खरिद बिक्री हुंदा आज कुल कारोबार रकम सात अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँ पुगेको छ । १३ वटा समुहको कारोबार भएकोमा आज दुई वटा समुहको सूचक बढेर बाँकी ११ वटा समुहको सूचक घटेका छन् । सो मध्ये वाणिज्य बैंक समुहको सूचक ४७ दशमलव ३४७ अंकले बढेर एक हजार नौ सय ६८ दशमलव १२ अंकमा चढेकोमा फाईनान्स समुहको सूचक पनि बढेको छ ।

विकास बैंक समुहको सूचक भने ८० दशमलव ४४ अंकले घटेर पाँच हजार दुई सय २७ दशमलव ८६ अंकमा झरेकोमा निर्जिवन बीमा समुहको सूचक पनि ९२ दशमलव चार अंकले घटेर १२ हजार चार सय ९९ दशमलव ५० अंकमा झरेको छ ।

जीवन बीमा समुहको सूचक पनि ५१ दशमलव आठ अंकले घटेर १५ हजार छ सय ९३ दशमलव ७१ अंकमा झरेको छ । यि बाहेक जलविद्युत, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सूचक पनि उच्च अंकले घटेका छन् ।

आज मनकामना स्मार्ट लघुविवत्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १३ सय १७ रुपैयाँ २० पैसामा प्रतिकित्ता सेयर कारोबार हुंदा हिमालयन पावर पार्टनर नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव नौ प्रतिशतले घटेर पाँच सय ४१ रुपैयाँमा कारोबार भएको छ ।

त्यसैगरी आज सानिमा बैंकको प्रतिकित्ता पाँच सय २८ रुपैयाँ ४० पैसा अन्तिम मूल्यमा ३४ करोड १५ लाख ८३ हजार नौ सय ७२ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया