बजेटसम्बन्धी विधेयक राष्ट्रपति भण्डारीद्वारा प्रमाणीकरण, सरकारलाई खर्च गर्न बाटो खुल्याे

नेपालखोज २०७८ असोज ७ गते १८:२८

काठमाडौं । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ । बजेट प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्न बाटो खुलेको हाे ।

बजेट पारित नहुँदा गत भदौ ३० गतेदेखि सरकारी कोषको रकम खर्च गर्न नमिल्ने भएको थियो । प्रतिनिधिसभा र राष्ट्रियसभामा नेकपा एमालेको नाराबाजीबीच विनियोजन विधेयक पारित भएपछि बिहीबार प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिएको थियो ।

प्रतिक्रिया