शुक्रबार, वैशाख १४, २०८१

फाइजरको बुस्टर डोजलाई अमेरिकी मान्यता

नेपालखोज २०७८ असोज ७ गते २०:४२

काठमाडौं । अमेरिकाले आफ्नो देशको फाइजर कम्पनीको कोभिड-१९ विरुद्धको खोपको बुस्टर डोज लगाउन मिल्ने स्वीकृति दिएको छ । यो स्वीकृतिमा एफडीए अर्थात् अमेरिका खाद्य एवं औषधि प्रशासनको सहमति भएको बताइएको छ ।

एफडीएका विशेषज्ञ सल्लाहकारहरुको एक प्यानलका अनुसार फाइजर इन्क र बायोटेक एसईको कोरोना भ्याक्सिनको बुस्टर डोज ती मानिसहरुलाई उपयुक्त हुन्छ जो कोरोना रोगबाट सिकिस्त पुग्ने अवस्थामा छन् ।

बुस्टर डोज वरिष्ठ नागरिकलाई
फाइजरले कोभिड भ्याक्सिनको बुस्टर डोज १६ वर्षमाथिका सबैलाई दिन मिल्ने गरी स्वीकृति प्रदान गर्न अनुरोध गरे पनि विशेषज्ञहरुको समितिले त्यसलाई खारेज गर्‍यो । उक्त प्यानलले फाइजरको बुस्टर डोज केबल ६५ वर्षमाथिका वा सिकिस्त बिरामीलाई मात्र दिन भनेको छ । समितिले बुस्टर डोज युवाहरुका लागि घातक हुनसक्ने चेतावनीसमेत दिएको छ ।

एफडीएका कार्यवाहक आयुक्त डा. जेनेट वुडकाक भन्छन्, ‘एफडीए प्राधिकरण श्रमिक, शिक्षक, घरबारवहीन तथा जेलमा भएकाहरुलाई बुस्टर डोज दिन सहमति दिन्छ ।’
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा

नयाँ संक्रमित थपिने क्रम घट्यो : डब्ल्यूएचओ

प्रतिक्रिया