शुक्रबार, चैत १६, २०८०

‘आजको पत्रकारितामा गाम्भीर्य पाउन मुस्किल’

नेपालखोज २०७८ असोज ८ गते ९:२२
Homnath Dahal

हाइलाइट्स :
–हिजो हामी गर्दा होस् या आज तपाईंहरूले, पत्रकारिता भनेको कसैप्रति पनि पूर्वाग्रही र बढी संलग्नता हुनु हुँदैन । मूलभूत कुरो जनता हो ।
–पत्रकारिता देश र जनाताको हितको लागि सधैं इमानदारिताका साथ गर्नुपर्छ ।
–आफ्नो प्रतिबद्धतामा अडिक हुनुपर्छ । तर आज म के देख्छु भने त्यो संवेदनशील, गाम्भीर्य आजको पत्रकारितामा छैन ।
–यदि इमानदारीसाथ पत्रकारिता गर्ने हो भने जनता र राष्ट्र सर्वोपरि हो । अरू भनेको परिस्थितिअनुसार अघि बढ्ने हो ।
–आजभोलि प्रविधिका कारण संसारभर क्रान्ति आएको छ । यस प्रविधिमा रहेर र पहिले आफूले गरेको पत्रकारितामा प्राविधिक रूपमा त्यसको कुनै तुलनै हुन सक्दैन ।
–मूलभूत चरित्रचाहिँ हिजो पनि हाम्रो ध्यान भनेको जनता नै थिए । हिजो पत्रकारिता वाणीविहीनहरूको वाणी थियो । आज पनि त्यही नै छ । हामीले इमानदार भएर कलम चलाउनुपर्छ । वाणीविहीनहरूको वाणी हो पत्रकारिता ।
–प्रस्तुतीकरणमा प्रविधिका कारणले भिन्नता आएको छ । समाचार लेखनको संवेदनशीलता, गाम्भीर्य आजको दिनमा सञ्चारजगत्‌मा मैले पाउन सकेको छैन ।

प्रतिक्रिया