देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

नेपालखोज २०७८ असोज ८ गते ६:३४

काठमाडौं । आज देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको र दिउँसो हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

देशभर वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोलेसतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।

भारतको पश्चिम राजस्थान तथा छत्तिसगढ आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरूको आंशिक प्रभाव रहेकाले नेपालमा दैनिक वर्षा भइरहेको छ ।

प्रतिक्रिया