आर्थिक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल गर्न राष्ट्रिय सभाकाे बैठक बस्दै

नेपालखोज २०७८ असोज ८ गते ९:४५

काठमाडौं । राष्ट्रिय सभाको बैठक (शुक्रबार) पनि बस्दैछ । बैठकमा प्रतिनिधि सभाबाट पारित भइसकेका २ विधेयक माथि छलफल हुनेछ ।
राष्ट्रिय सभा बैठकमा आज आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ टेबुल गर्ने र त्यसपछि अर्को बैठकमा पारित गर्ने तयारी छ । दुवै विधेयक सोमवार पारित गर्ने तयारी गरिएको संसद् सचिवालयले जनाएको छ ।

विधेयक पारित भए पछि प्रतिनिधि सभा बैठकमा पठाइने र प्रतिनिधि सभाले प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाउने छ ।

प्रतिक्रिया