बुधबार, वैशाख २६, २०८१

नेप्से २,८१९ दशमलव ६५ अंकमा सीमित, सातामा २९ अर्ब ७६ करोडको काराेबार

नेपालखोज २०७८ असोज ८ गते ११:३८

काठमाडौं । यो साता नेप्से २८ सय १९ दशमलव ६५ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ३० दशमलव दुई अंकमा सीमित पुगेको छ ।

कुल दुई सय २८ वटा कम्पनीको ३ लाख ६३ हजार सात सय ६६ पटकको कारोबारमा ६ करोड ४ लाख ७३ हजार एक सय ६३ कित्ता सेयर किनबेच भएका छन् ।

सोही आधारमा यो साता कुल सेयर कारोबार रकम २९ अर्ब ७६ करोड ३८ लाख ७० हजार आठ सय ४८ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा कम हो । गत साता ३८ अर्ब ३१ करोड ७८ लाख ८२ हजार सात सय १६ रुपैयाँ सेयर कारोबार भएको थियो ।

उक्त साता दुई सय ३१ वटा कम्पनीहरुको चार लाख ३९ हजार तीन सय ६५ पटकको कारोवारमा सात करोड चार लाख ४७ हजार सात सय १७ कित्ता सेयर किनबेच हुँदा उक्त परिमाणमा रकम कारोबार भएको थियो ।

नेप्सेको नियमित कारोबार कक्ष यो साता चार कार्य दिन मात्र खुल्ला रहेको थियो । जसमध्ये पहिलो दिन आइतबार सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो भने दोस्रो दिन नेप्से घटेको थियो । यीबाहेक तेस्रो, चौथो र पाँचौं दिन भने नेप्से बढेको थियो ।

जसअनुसार दोस्रो दिन अर्थात सोमबार एक सय १४ दशमलव दुई अंकले घटेर दुई हजार छ सय ९८ दशमलव २४ अंकमा सीमित हुन पुगेको नेप्से अन्तिम कारोबार दिनसम्म आइपुग्दा लगातार बढेर दुई हजार आठ सय १९ दशमलव ६५ अंकमा सीमित हुन पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दोस्रो दिन १९ दशमलव ५१ अंंकले घटेर पाँच सय छ दशमलव २७ अंकमा झरेकोमा अन्तिम कारोवार दिनसम्म आइपुग्दा लगातार बढेर पाँच सय ३० दशमलव दुई अंकमा सीमित हुन पुगेको छ ।

बढी रकम कारोबार गर्ने कम्पनीहरको सूचीमा यो साता अरुण भ्याली हाईड्रोपावर कम्पनी, अपर तामाकोशी हाइड्रोपावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी आदि परेका छन् भने सेयर कारोबर भएका संख्याको आधारमा अरुण कावेलीपावर लिमिटेड, नेशनल हाइड्रोपावर कम्पनी आदि परेका छन् ।

बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नविल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् । यसैगरी यो साता मैलुङ खोला जलविद्युत कम्पनी र नेपाल ल्युव आयल लिमिटेडको साधारण तथा बोनस सेयर नियमित कारोबारको लागि नेप्सेमा सूचीकृत भएका छन् ।

प्रतिक्रिया