किंग्स इलेभेनद्वारा इपिएल खेल्ने टोली र जर्सी सार्वजनिक

काठमाडौं । किंग्स इलेभेन काठमाडौंले इपिएल खेल्ने टोली र जर्सी सार्वजनिक गरेको छ । एभरेष्ट प्रिमियर लिग (इएपिएल)को चौथो संस्करणमा पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीलाई समेटर बनाएको टोलिलाई शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।
काठमाडाैं आएका अफ्रिदीले शनिबार र सोमबार दुई खेल मात्र खेल्नेछन् । कार्यक्रममा किग्स इलेभनबाट खेल्न काठमाडांै आएका अफ्रिदीले नेपालले नेपालले दिएको सम्मानले आफूलाई खुसि बनाएको बताए ।
कार्यक्रममा किग्स इलेभनका कप्तान सन्दिप लामिछानेले अफ्रिदीजस्ता अनुभवी खेलाडीको कारण टीमले सुखद नतिजा दिने बताए ।
आफ्रिदिको अनुभवले टीमलाई राम्रो खेल्न सहयोग पुग्ने बताए । किग्स इलेभन काठमाडौंको टीममा ४ जना विदेशी खेलाडी सहित नेपाली क्रिकेट खेलाडी अमित श्रेष्ठ,सवास खकुरेल,राजु रिजाल, शेरमल्ल, सिद्धान्त लोहनी, मोहम्मद समसद शेख,दिपेन्द्र रावत, जितेन्द्र मुखिया,आशाक चन्द,अमरसिंह रौटेला र गुल्शन झा रहेका छन् ।
यस्तै विदेशी खेलाडीमा अफ्रिदीसहित जनक प्रकाश,रेयान ब्रुल र रहमानउल्ला गुरबाज रहेका छन् । किग्स इलेभन काठमाडौले शनिबार अघिल्लो संस्करणको बिजेता ललितपुर पेट्रियोटस्विरुद्ध खेल्नेछ ।
प्रतिक्रिया