खाको सुरमा
देशभर चुनावको लहर छाउँदैछ । नगरपलिकादेखि लिएर वडा-वडामा कार्यसमिति चयन हुँदैछ । शिक्षित युवाहरू सबै परदेशी भूमिमा छन् । बाँकी उमेर नाघेका बुढापाका र भर्खरका केटाकेटी मात्र छन् ।
जसरी भएपनि पार्टीको बिधानअनुसार कार्यसमिति बनाउनै पर्याे । अहिलेको समयमा, मात्र टिम पूरा गर्न भएपनि बस्नुपर्छ भन्दै, सम्झाउँदै उपस्थिति गराउनुपर्छ । टिम पूरा भएन भने पार्टीको मान्यता हुँदैन त्यसैले ..।
आजकलका ती बाँकी रहेका युवाहरु पनि सबैजसो भट्टीले बिग्रेका छन् । “काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर” भनेझैँ अँ अँ, र हो हो मात्रमा सीमित छन् । यस्तो गर्नुपर्छ है भन्यो भने हुन्छ… भनेर जवाफ दिने अन्तमा आफ्नै पार्टीको नेतालाई भकुरेको थाहा नपाउने यस्तो पनि भएको नपाइएको होइन ।
रामे र श्यामे पनि गाँउका अलिक फटाहा प्रवृत्तिको कुरै नबुझि दौडिहाल्ने, झगडा मच्चाइहाल्ने तर जब पर्छ अनि पछाडि हट्ने खालका थिए । एकदिन दुवैजना भट्टी पसलमा गए । टेबुलमा बसे र एक-प्याक मगाए । दुवैले खाए अनि गफ दिन थाले ।
हेर् राम । अब यस्तो गर्नुपर्छ, उस्तो गर्नुपर्छ । देश जनता र पार्टीको लागि पुरै दिलोज्यान दिने हो भन्दै गफ पिट्न थाले । पल्लो टेबुलमा बसेकाहरु श्यामको गफ सुनेर खितखित हाँस्दै थिए । किनकी उसले गफ “खाको सुरमा” दिँदै थियो ।
प्रतिक्रिया