एमाले केन्द्रीय कमिटी बैठक बस्दै, तीनवटै प्रस्ताव पारित गरिने

नेपालखोज २०७८ असोज ९ गते ११:४३

काठमाडौं । शुक्रबारबाट सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ ।

११ बजे बस्ने बैठकमा समूहगत छलफलको निष्कर्ष समेटेर विधान महाधिवेशनका लागि तयार पारिएका तीनवटै प्रस्ताव पारित गरिने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा हिजोबाट सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेता प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

त्यस्तै महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले क्रमशः सांगठनिक र विधान संशोधन प्रस्ताव पेस गरेका छन् । एमालेले उक्त प्रतिवेदन र प्रस्तावमाथि समूहगत छलफलका लागि सात प्रदेश र एक जनवर्गीय संगठन गरी आठवटा समूह छुट्याइएको छ ।

एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ गतेसम्म सम्म ललितपुरको गोदावरीमा हुँदैछ । राष्ट्रिय महाधिवेशन आगामी मंसिरमा तय भएको छ ।

प्रतिक्रिया