एमाले केन्द्रीय कमिटीमा प्रतिवेनमाथि समूहगत छलफल जारी

नेपालखोज २०७८ असोज ९ गते १३:३०

काटमाडौं । नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत प्रतिवेनमाथि समूहगत छलफल सुरु भएको छ ।

राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको छलफल जारी छ । प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको छ ।

भूगोलका सात प्रदेशका सात तथा जनसङ्गठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहमा प्रतिवेदनमाथिको छलफल जारी छ ।

यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा ती दस्तावेज पेश हुनेछन् ।

बैठकमा राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदन महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्ताव उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया