नेपालमा सक्रिय संक्रमितको संख्या १९ हजारमा झर्‍यो

नेपालखोज २०७८ असोज ९ गते १६:१०

काठमाडौं । नेपालमा कोरोनाका सक्रिय संक्रमित संख्या १९ हजारमा झरेको छ । शनिबार थप १ हजार ३७१ जना कोरोना संक्रमणमुक्त भएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १९ हजार ७ सयमा झरेको हो । नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ७ लाख ५९ हजार ८७५ पुगेको छ । कोरोना निको हुने दर ९६ दशमलव १ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, गत चौबीस घण्टामा ९ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ५० जनाको पीसीआर परीक्षणमा ७९० र ३ हजार ५२९ जनाको एन्टीजेन विधिबाट गरिएको परीक्षणमा १६३ जनामा गरि कुल ९५३ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ९० हजार ६६२ र एन्टीजेन विधिबाट ९० हजार ४४३ पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेको कुल संख्या ११ हजार ८७ पुगेको छ ।

प्रतिक्रिया