प्रतिनिधिसभाअन्तर्गत ५ समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत विभिन्न समितिहरूको बैठक आज बस्दैछ ।
चालु आर्थिक वर्षमा सञ्चालन हुने आयोजनाहरू, चाडपर्वको समयमा यात्रुहरूलाई सार्वजनिक यातायात सेवा सहज बनाउने विषयमा छलफल गर्न विहान ११ बजे विकास तथा प्रविधि समितिको बैठक बस्ने छ । विकास तथा प्रविधि समितिको सभाकक्षमा बैठक बस्ने बताइएको छ ।
११ बजे नै शिक्षा तथा स्वास्थ्य समितिको बैठक पनि आज बस्दैछ । बैठकमा चीन र जापानमा अध्ययनरत र अध्ययन गर्न जाने प्रक्रृयमा रहेका नेपाली विद्यार्थीहरूको समस्या र चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीहरूको छोराछोरी र स्थानीयवासीले पाउने आरक्षणका सम्बन्धमा छलफल हुनेछ ।
दिउँसो १ बजे उद्योग तथा वाणिज्य र उपभोक्ता हित समितिको बैठकपनि बस्दैछ । उक्त बैठकमा वैदेशिक रोजगारी सम्बन्धी समसामयिक विषयमा छलफल हुनेछ ।
विहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा काठमाडौं विश्वविद्यालय, स्कुल अफ ल द्धारा प्रदेश र स्थानीय कर सम्बन्धमा गरिएको अध्ययन सम्बन्धी प्रस्तुतीकरणका विषयमा छलफल हुनेछ ।
महिला तथा बालबालिका समितिको बैठकमा नेपालमा लैगिंक हिंसा निवारण तथा लैंगित समानता सम्बन्धी कोषहरूो प्रभावकारिता सम्बन्धमा छलफल हुनेछ सचिवालयले जनाएको छ ।

प्रतिक्रिया