बिहीबार, जेठ २, २०८२

रामेछापमा बोलेरो दुर्घटना, १ काे मृत्यु, ४ घाइते

नेपालखोज २०७८ असोज १० गते १०:४०

काठमाडौं । रामेछापमा बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । रामेछापको सुनापति गाउँपालिका–४ मा दुर्घटना हुँदा चारजना घाइते छन् ।

मृत्यु हुनेमा सुनापति गाउँपालिका–३ की ४६ वर्षीया शारदा खत्रीको रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि धुलिखेल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।
काठमाडौंबाट रामेछापको हिलेदेवी जाँदै गरेको प्रदेश ३ ०१ ०२४ च १४४० नम्बरको बोलेरो गए राती करिब १०० मिटर तल खसेको थियो ।

घाइते भएका चालकसहित चारजनाको धुलिखेल अस्पतालमै उपचार भइरहेको छ ।

प्रतिक्रिया