इजरायलमा ‘केयरगिभर’का लागि १६०० परीक्षार्थी सिफारिस (सूचीसहित)

काठमाडौँ । वैदेशिक रोजगार विभागले अन्तरवार्ता परीक्षा उत्तीर्ण गरेका १ हजार ६ सय परीक्षाथी इजरायलमा ‘केयरगिभर’ का लागि सिफारिस गरेको छ ।
भाषा परीक्षा उत्तीर्ण गरी अन्तरवार्तामा सहभागी मध्येबाट इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए) लाई सिफारिस गरेको हो ।
नेपालस्थित इजरायली दूतावासले माग गरेअनुसार ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नामावली सिफारिस गरिएको विभागले जनाएको छ । विभागले सिफारिस गरेको सूचीबाट इजरायलको पिआइबिएले छनोट गर्नेछ ।
छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ । रोजगार सम्झौता भएका व्यक्तिहरू इजरायल जान पाउने छन् । विभागले एक हजार चार सयको रोस्टर तयार गर्ने र त्यसबाट एक हजार कामदार इजरायलले छनोट गर्ने विभागले जनाएको छ ।
इजरायल जाँदा लाग्ने शुल्क रोजगारदाताले नव्यहोरेको खण्डमा कामदार स्वयंले व्यहोर्नुपर्ने उल्लेख गरिएको छ । भिसा, टिकटलगायत खर्च करिब एक लाख ६५ हजार लाग्ने अनुमान विभागको छ ।
अहिले सरकारले पठाउन लागेका केयरगिभर घरका लागि नभएर संस्थाका लागि भएको विभागले बताएको छ । विभागकाअनुसार नर्सिङ होम तथा केयर होमलगायत संस्थामा उनीहरूले रोजगारी पाउने छन् । भिसा अवधि पाँच वर्षको रहेको छ । कमाइ मासिक डेढ लाखभन्दा बढी नेपाली रुपैयाँ हुने उल्लेख छ ।
प्रतिक्रिया