आइतबार, जेठ २०, २०८१

१८ अंकले नेप्से घट्दा १ अर्ब १६ करोडको कारोबार

नेपालखोज २०७९ जेठ १९ गते १५:३५

काठमाडौं । नेप्से पुनः घटेको छ । अघिल्लो दिन घटेको नेप्से साताको चौथो कारोबार दिन बिहीबार पुनः १८ दशमलव २६ अंकले घटेर २१ सय १२ दशमलव ४७ अंकमा झरेको छ । सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८१ अंकले घटेर चार सय १० दशमलव ६६ अंकमा झरेको छ ।

दुई सय २७ कम्पनीको २१ हजार आठ सय ३३ पटकको कारोबारमा ३५ लाख ६६ हजार आठ सय १९ कित्ता सेयर–खरिद बिक्री भएका छन् । जसबाट आज कुल सेयर कारोबार रकम एक अर्ब १६ करोड १५ लाख १४ हजार एक सय ६९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा सामूहिक लगानी कोष समूहको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक ११ दशमलव १२ अंकले घटेर १४ सय ७२ दशमलव १९ अंकमा झरेको छ । जलविद्युत् समूहको सूचक १३ दशमलव ६२ अंकले बढेर २४ सय ५७ दशमलव ६९ अंकले झरेको छ ।

यसैगरी निर्जीवन बिमा समूहको सूचक एक सय ३८ दशमलव १६ अंकले घटेर आठ हजार सात सय एक दशमलव ८३ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि एक सय ४६ दशमलव ६२ अंकले घटेर १० हजार ९८ दशमलव ५७ अंकमा झरेको छ । यीबाहेक विकास बैंक, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज बलेफी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९७ प्रतिशतले बढेर एक सय ५३ रुपैयाँ ३० पैसा अन्तिम मूल्यमा कारोबार हुँदा नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक सेयरतर्फ प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेर तीन सय २० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज माउन्टेन हाइड्रो नेपाल लिमिटेडको प्रतिकित्ता तीन सय २० रुपैयाँ अन्तिम मूल्यमा १२ करोड १२ लाख ५८ हजार ६ सय ९३ रुपैयाँ २० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया