बालुवाटारमा गठबन्धनको बैठक जारी, मन्त्रिपरिषद्‌बारे छलफल हुँदै

नेपालखोज २०७८ असोज १० गते १२:५१

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्नको बैठक बसेको हो ।

प्रधानमन्त्री देउवाको स्वकीय भानु देउवाका अनुसार बैठकमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरूको सहभागिता छ ।

राजनीति दलसम्बन्धी अध्यादेश र मालदार मन्त्रालयमा नेताहरूबीच भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ ।

सरकारको नेतृत्व गरेको लामो समय बित्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर सरकारको आलोचना भइरहेको छ ।

प्रतिक्रिया