चौबीस घण्टामा थपिए ८३४ संक्रमित, १, २७९ डिस्चार्ज

नेपालखोज २०७८ असोज १० गते १६:२४

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ८३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालबाट ८ हजार ५८९ जनाको पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ जनाको एन्टीजेन परीक्षण गर्दा १०४ जना गरि कुल ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ९१ हजार ३९२ र एन्टीजेन विधिबाट ९० हजार ४४७ पुगेको छ । हाल देशभर १९ हजार १४२ सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप १ हजार २७९ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ७ लाख ६१ हजार १५४ पुगेको छ । नेपालमा संक्रमण मुक्त हुने दर ९६ दशमलव २ प्रतिशत रहेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९६ पुगेको छ ।

प्रतिक्रिया