मेघ गर्जनसहित वर्षाको सम्भावना
नेपालखोज
२०७८ असोज ११ गते ६:२९

काठमाडौं । आज देशभर मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका विभिन्न स्थानमा वर्षाको सम्भावना छ ।
अहिले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली छ । देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले आफ्नो नियमित बुलेटिनमार्फत जनाएको छ ।
नदी-नाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया