मैत्रीपूर्ण खेलमा नेपाल पराजित
नेपालखोज
२०७८ असोज ११ गते ६:३८

काठमाडौं । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोली मैत्रीपूर्ण फुटबल खेलमा ओमानसँग वराजित भएको छ । कतारमा भएको खेलमा नेपाली राष्ट्रिय टोली ७–२ गोल अन्तरमा ओमानसँग पराजित भएको हो ।
दोहास्थित कतार युनिभर्सिटीको मैदानमा भएको खेलको पहिलो हाफमा २–१ को अग्रता लिएको ओमानले दोस्रो हाफमा पाँच गोल थपेर एक गोल मात्र खायो ।
बलियो टोली ओमानलाई सहज जित दिलाउन अब्दुल्लाहजिज अल मुक्बालीले दुई तथा फामी शेद, मोसेन जाहेर, इसाम अल शुभी, मोहसेन अल घासनी र जमिल एल यह्मादीले एक÷एक गोल गरे ।
साफ च्याम्पियनसिपका लागि भोलि माल्दिभ्स प्रस्थान गर्ने नेपाली टोलीले अक्टोबर १ (शुक्रबार)मा आयोजकको सामना गर्नेछ ।
सम्बन्धित
प्रतिक्रिया