एमाले स्थायी कमिटी बैठक बस्दै

नेपालखोज २०७८ असोज ११ गते ९:०३

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । बैठकमा केन्द्रीय कमिटीका सदस्यहरुको मागमाथि छलफल हुनेछ ।

पार्टीका उपाध्यक्ष सात जना बनाउनुपर्ने केन्द्रीय कमिटीका सदस्यहरुले माग गरेका छन् । यस्तै बैठकमा १० बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा, असोज १५–१७ गतेसम्मका लागि निर्धारित विधान महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ ।

बैठक बिहान ११ बजे च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्दै छ ।

प्रतिक्रिया