माओवादी स्थायी समिति बैठक पेरिसडाँडामा जारी, के छन् एजेन्डा ?

नेपालखोज २०७८ असोज ११ गते १०:५३

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा जारी छ ।

९ बजेदेखि जारी बैठकमा पार्टीको राष्ट्रिय सम्मेलन र प्रतिनिधि छनोटको प्रक्रियाबारे छलफल भइरहेको बताइएको छ ।

नेकपा माओवादी केन्द्रले आगामी पुस ११ गते राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ । राष्ट्रिय सम्मेलनका लागि अहिले देशभरि वडा स्तरका सम्मेलनहरू भइरहेका छन् । राष्ट्रिय सम्मेलनको प्रतिनिधि छनोट प्रक्रियाबार पनि आजै टुंगो लगाउने बताइएको छ ।

असोज ३० गते पालिका अधिवेशन गर्ने तयारी भए पनि हिन्दुहरुको पर्व दसैं परेकाले केही पछि धकेलिने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया