अफगानिस्तानमा दाह्री काट्न नपाइने !
नेपालखोज
२०७८ असोज ११ गते ११:०४

काठमाडौं । तालिबानले अफगानिस्तानको हेलमन्ड प्रान्तमादाह्री काट्नमा प्रतिबन्ध लगाएको छ।
नाऊहरूले दाह्री काट्ने वा मिलाउने कुराले इस्लामको आफूहरूको व्याख्याको उल्लंघन गरेको बताउँदै साे कार्य नगर्न भनेका छन् ।
उक्त नियम तोड्ने जोकोहीलाई सजाय दिइने बताइएको छ। राजधानी काबुलका केही नाऊहरूले आफूहरूलाई पनि त्यस्तै निर्देशन दिइएको बताएका छन्।
उक्त निर्देशनले विगतमा जस्तै उक्त समूहको कडा शासन फर्किएको सङ्केत गरेको छ। दक्षिणी हेलमन्डका सैलुनहरूमा टाँसिएका सूचनामा तालिबान अधिकारीहरूले नाऊहरूले कपाल र दाह्री काट्दा शरिया कानुन मान्नुपर्ने उल्लेख गरिएको छ।
‘लडाकुहरू आइरहन्छन् र हामीलाई दाह्री मिलाउन रोक्न निर्देशन दिइरहन्छन्,’ काबुलस्थित एक नाऊले भने। सहरकै ठूलो सैलुनका सञ्चालन समेत रहेका एक नाऊले आफूलाई सरकारी अधिकारी बताउने कसैले फोन गरेको बताए। बीबीसी
सम्बन्धित
प्रतिक्रिया