बिहीबार, वैशाख १३, २०८१

मिनिसोको दसैँ-तिहार अफर, भाग्यमानी ग्राहकलाई हीराको हार

नेपालखोज २०७८ असोज ११ गते १९:४१

काठमाडौं । हरेक वर्ष जस्तै यस वर्ष पनि मिनिसोले दसैं तिहार विशेष अफर ल्याएको छ । कम्पनीले ‘मिनिसो दसैं तिहार, हिराको हार उपहार’ अफर ल्याएको हो ।

अफर अन्तर्गत एक हजार पाँच सय ९९ सय रुपैयाँँ भन्दा माथिको सामान खरीद गर्दा ग्राहकले लक्की कुपन प्राप्त गर्नेछन् । लक्की कुपन प्राप्त ग्राहक मध्येबाट एकजना भाग्यशाली बिजेताले हिराको हार प्राप्त गर्नेछन् । ऊर्जा ज्वेलरले पुरस्कार स्पोन्सर गरेको कम्पनीले जनाएको छ ।

यो अफर नेपाल भर रहेका मिनिसोका सोरुममा लागु हुनेछ । नोभेम्बर १० सम्म अफर समय जारी रहनेछ भने नोभेम्बर १७ मा लक्कीड्रमार्फत भाग्यमानी बिजेता घोषणा गरिने जनरल म्यानेजर महेश तण्डुकारले जानकारी दिए ।

‘अफरले मिनिसोप्रति ग्राहकको आकर्षण अझै बढ्ने हामीले विश्वास लिएका छौं,’ उनले भने । लक्की बिजेताको घोषणा मिनिसोको फेसबुक पेजमार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ । ‘मिनिसोमा सपिङ गरेका अन्य सयौं ग्राहकले दैनिकरुपमा आकर्षक उपहार प्राप्त गर्नेछन्,’ तन्डुकरले भने ।

मिनिसोको पार्टनर कम्पनी मिसियो, ब्लेस, सिसी, लिमिटेड इडिसन, कोफी, राइज, अर्वान आउटफिट्र्स, ब्याग्गिट लगायत अन्य ब्रान्डहरु छन् । कस्मेटिक, किचन, इलेक्ट्रोनिक्स, स्टेसनरी, गिफ्ट, सिजनल लगायत सम्पूर्ण प्रकारका दैनिक उपभोग्य सामान मिनिसो शोरुममा उपलब्ध छन् ।

उच्च स्तरीय जापानीज ब्राण्ड, सुपथ मूल्य लगायतका विशेषताका कारणले नेपाली बजारमा मिनिसोप्रति ग्राहकको आकर्षण दिनप्रतिदिन बढिरहेको तण्डुकारले बताए । मिनिसोको शोरुमहरु काठमाडौं, चितवन, पोखरा, बिराटनगर, बुटवल र मनकामनामा रहेका छन् ।

प्रतिक्रिया