आइतबार, जेठ ६, २०८१

कामना सेवा विकास बैंकले पायो, पेवेल इन्डोर क्रिकेट लिगको उपाधि

नेपालखोज २०७८ फागुन २२ गते ११:३६

काठमाडौं । कामना सेवा विकास बैंकले पेवेल इन्डोर क्रिकेट लिगको उपाधि जितेको छ । ग्रेट हिमालय क्रिकेट एकेडेमीको फिल्डमा फागुन २१ गते भएको फाइनलमा माछापुच्छ्रे बैंकलाई १६ रनले हराउँदै बैंकले उक्त उपाधि जितेको हो । प्रतियोतिामा १६ वटा कर्पोरेट टिमको सहभागिता थियो ।

फाइनल खेलमा टस जितेर पहिलो ब्याटिङ गर्दै कामना सेवा विकास बैंकले दिएको १०५ रनको लक्ष्य पछ्याउने क्रममा माछापुच्छ्रे बैंक १० ओभरको खेलमा जम्मा ८८ रनमा समेटिएको थियो ।

फाइनल खेलको प्लेयर अफ द म्याच कामना सेवा विकास बैंकका रिमेश रेग्मी र प्लेयर अफ द सिरिज कामना सेवाकै हेमन्त श्रीवास्तव चुनिए । उत्कृष्ट बलर नेपाल एसबिआई बैंकका नीरज कार्की र उत्कृष्ट ब्याट्स म्यान माछापुच्छ्रे बैंकका निशेष केसी भएका थिए ।

कामना सेवा विकास बैंकले स्वस्थ शरीर स्वस्थ मस्तिष्क मात्र होइन खेलकुदले सामाजिक एकता र समृद्धिको आधारशीलासमेत तयार पार्छ भन्ने कुरालाई आत्मसात् गरी आफ्ना कर्मचारीलाई नियमित कामको अतिरिक्त उनीहरूको व्यक्तिगत चाहना र क्षमताको कदर गर्दै विभिन्न खेलकुदलगायत अन्य रचनात्मक कार्यमा समेत सहभागी गराउँदै उनीहरूको वृत्तिविकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बताए ।

प्रतिक्रिया