बिहीबार, जेठ २, २०८२

ईपीएल क्रिकेट : आज दुई खेल हुँदै

नेपालखोज २०७८ असोज १३ गते ७:४४

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र पोखरा राइनोज भिड्दा दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र विराटनगर वारिवर्स आम्ने–साम्ने हुनेछन् ।

कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर आज पहिलो जित निकाल्ने योजनामा रहने छ । विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पनि जित आफ्नो पक्षमा पार्न चाहन्छ ।

पोखराले पहिलो खेलमा भैरहवा ग्लाडीयटर्ससँग अंक बाडेको थियो । वर्षाको कारण खेल रद्द भएपछि पोखराले एक अंक पाएको थियो ।

यस्तै दोस्रो खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने भैरहवा पहिलो जित निकाल्न चाहन्छ । प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने बताइएको छ ।

प्रतिक्रिया