मध्य भोटेकोसीले ९० करोडको साधारण सेयर जारी गर्ने
काठमाडौं । मध्य भोटेकोसी जलविद्युत कम्पनीले ९० करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने भएको छ ।
कम्पनीले यही असोज २० गतेबाट बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटल मार्फत १ सय रुपैयाँ अंंकित मूल्य कायम रहने गरी ९० लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।
बिक्री गरिने कुल सेयर मध्येमा ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुट्याइएको छ । यसबाहेक बाँकी ८१ लाख ९० हजार कित्ता सेयर भने सर्वसाधारणमा बिक्री हुने छ ।
अधिकृत पुँजी ६ अर्ब २१ करोड तथा जारी पुँजी ६ अर्ब रुपैयाँ रहेको कम्पनीको साधारण सेयरको बिक्री पश्चात भने चुक्ता पुँजी ४ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ ।
कम्पनीले बिक्री गर्ने साधारण सेयरको सह बिक्री प्रबन्धकमा भने एनआईबिएल एस क्यापिटल लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल लिमिटेड, सिभिल क्यापिटल लिमिटेड, सानिमा क्यापिटल लिमिटेड र सिबिआईएल क्यापिटल लिमिटेड रहेका छन् ।
प्रतिक्रिया