बद्री केसीले लगाए आफ्नो समूहको टुंगो
काठमाडौं । गैर आवासीय नेपाली संघका अध्यक्षका प्रत्यासी डा. बद्री केसीले आफ्नो समूहको टुंगो लगाएका छन् । रसिया निवासी व्यवसायी समेत रहेका वर्तमान उपाध्यक्ष डा. केसी आफ्नो समूहसहित चुनावी मैदानमा उत्रिने भएका हुन् ।
डा. केसी समूहबाट ६ जना उपाध्यक्षहरु (एक महिला र एक युवा अनिवार्य) उम्मेद्वारहरुको टुंगो लागेको छ । उपाध्यक्षका उम्मेद्वारहरुमा डा. हेम राज शर्मा (यूके), महेश कुमार श्रेष्ठ (जापान),डिबी क्षेत्री (ओमान) र धर्मराज अधिकारी (अष्ट्रेलिया) रहेका छन् ।
महिला उपाध्यक्षमा यसमिन बेगम सैयदले (साउदी अरब) र युवा उपाध्यक्षमा क्षेत्रबाट रोशन थापा (अफ्रिका) बाट उम्मेदवारी दिने भएका छन् ।
अमेरिकी क्षेत्रबाट महासचिवमा गौरीराज जोशीलाई अघि सार्ने तयारी डा.केसी समूहले गरेको छ । जोशी बर्तमान कार्यसमितिका सचिव समेत हुन् ।
एक महिला अनिवार्य सहितको ४ जना सचिव पदका उम्मेदवारहरुमा रामशरण सिम्खडा (यूके), चिरन्जीबी घिमिरे (क्यानाडा), ओम गुरुङ (जापान) र महिलातर्फ राधिका (टिका) गुरुङ (हङकङ) रहेका छन् ।
कोषाध्यक्ष पदमा लोक प्रसाद दाहाल (वेल्जियम) को नाम तय भएको छ । सहकोषाध्यक्ष पदको उम्मेद्वार भने टुंग्गो लगाउन बाँकी छ । तर महिला सहकोषाध्यक्षमा भने यमुना भट्टराई (अमेरिका) को नाम चयन भएको छ ।
यस्तै,महिला संयोजकमा संगिता मरहठ्ठा (यूके) र युवा संयोजकमा मिलन छन्त्यालको (आयरल्याण्ड) ले उम्मेदवारी दिने भएका छन् ।
क्षेत्रीय संयोजक तथा उपसंयोजकका उम्मेद्वारहरुबारे पछि निर्णय गर्ने डा. केसीको सचिवालयले जनाएको छ । आगामी अक्टोबर २३–२५ सम्म काठमाडौंमा हुने दशौं विश्व सम्मेलनले संघको नयाँ नेतृत्व चुन्नेछ।
नेतृत्वका लागि वेलायतका व्यवसायी कुल आचार्य र अमेरिकाबाट रविना थापाले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
प्रतिक्रिया