आइतबार, वैशाख ३०, २०८१

बेबी बम्प देखाउने बलिउड स्टार ! (तस्बिरसहित)

नेपालखोज २०७८ असोज १३ गते १४:१०

बलिउडका केही अभिनेत्री अहिले गर्भावस्थामा छन् । अहिले गर्भावस्था बीच खुलेर जिउने तथा यसलाई गर्वको बिषय मान्ने महिलाहरुको संख्या ठुलो छ जसबाट बलिउड सुन्दरीहरु पनि अछुतो छैनन् । यी अभिनेत्रीहरुले गर्भावस्थामा समेत बिकिनी लगाउन अप्ठ्यारो मानेका छैनन् । यो लहरमा अनुष्का शर्मा, लीजा हेडन आदि नयाँ नाम देखिदै गएका छन् ।

अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर बिराट कोहली हालै मात्र अभिभावक बनेका हुन् । अनुष्काले ११ जनवरीमा छोरीका रुपमा वामिकालाई जन्म दिइन् । प्रेग्नेन्सिका दौरान अनुष्काका अनेकौं तस्वीर भाइरल भए । अनुष्का र बिराटले ११ डिसेम्बर २०१७ मा विवाह गरेका थिए ।

बलिउड अभिनेत्री नेहा धूपिया दोस्रो पटक आमा बन्न गैरहेकी छिन् । अहिले उनी प्रेग्नेन्सि टाइम अनुभव गरिरहेकी छिन् । गएको साता उनले सोसल मिडियामा आफ्ना केही तस्बिर सेयर गरिन् ।

बलिउड एक्ट्रेस समीरा रेड्डीले पनि आफ्नो प्रेग्नेन्सिमा फोटोसुट गराइन र केही तस्बीर सामाजिक सन्जालमा सेयर गरिन् । उनका ती तस्बीर भाइरल पनि भए ।

अभिनेत्री कल्कि कनमानीले सोसल मिडिया मार्फत आफू प्रेग्नेन्ट भएको खबर दिएर सबैलाई आश्चर्यमा पारिन् । कल्किले आफू र केटा साथी हर्श अभिभावक बन्न लागेको कुरा बताउँदा उनको प्रेग्नेन्सिको समय पाँच महिना भइसकेको थियो ।

लीजा हेडनले आफ्नो प्रेग्नेन्सिका क्रममा कयौं पटक बिकिनी पोज सेयर गरिसकेकी छिन् । लिजाले अक्टूबर २०१६ मा डीनो लालवानीसँग विवाह गरेकी थिइन् । हालै उनी तेस्रो पटक आमा भएकी छिन् ।

सेलिना जेटलीले पनि आफ्नो तेस्रो गर्भावस्थाका बेला प्रिन्टेड बिकिनी लगाएर समुन्द्री किनारमा पोज दिइन । उनले आफ्ना केही तस्बीर सोसल मिडियामा सेयर समेत गरेकी छिन् ।

भारतिय सञ्चारमाध्यमहरुको सहयोगमा ।

प्रतिक्रिया