अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन आजबाट, प्रचण्डले उद्घाटन गर्ने
नेपालखोज
२०७८ असोज १४ गते १०:५६

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) को २२औं सम्मेलन आजबाट सुरु हुँदैछ ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्मेलन सुरु हुनेछ । सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गर्ने बताइएको छ ।
अखिल क्रान्तिकारीको यो सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । हालका अध्यक्ष रञ्जित तामाङ नदोहोरिने भएपछि त्यसका लागि ७ जना आकांक्षी देखिएका छन् ।
अध्यक्षमा सुरेन्द्र बस्नेत, पञ्चा सिंह, दीपक देवकोटा, तिलक भण्डारी, उत्तम अधिकारी, विजय गौतम र दिपेश पुन आकांक्षी देखिएका हुन् ।
नेतृत्वका आकांक्षीहरुसँग माओवादी अध्यक्ष प्रचण्डले हिजो झन्डै तीन घण्टा छलफल गर्नुभएको थियो ।
सम्बन्धित

प्रतिक्रिया