बिहीबार, जेठ २, २०८२

सुनको सिक्री र नगद लुटपाट !

नेपालखोज २०७८ असोज १४ गते १३:२७


काठमाडौं । टोखा नगरपालिका–९ गोंगबु शिवमन्दिर नजिकबाट १.५ तोलाको सुनको सिक्री र नगद आठ हजार रुपैयाँ लुटपाट भएको छ ।

काठमाडौं महानगरपालिका–२६ सरकारी धारा बस्ने गोरखा अजिरकोट गाउँपालिका–४ घर भएका २६ वर्षीय अजय रेग्मीको घाँटीमा लगाएको सुनको सिक्री र नगद बिहीबार (आज) बिहान लुटपाट भएको हो ।

लुटपाट भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया