राष्ट्रियसभाको बैठक १८ गते बस्ने
नेपालखोज
२०७८ असोज १४ गते १३:३१

काठमाडौं । आइतबारका लागि बोलाएको राष्ट्रियसभाको बैठक एकदिन पर अर्थात साेमबार बिहानलालाई सारिएको छ । संसद् सचिवालयले १७ गते आइतबारका लागि बाेलाइएकाे राष्ट्रियसभाको बैठक विशेष कारणबस बस्न नसक्ने भन्दै १८ गतेका लागि सारेको जनाएको छ ।
संघीय संसदका महासचिव डा. भरतमणि गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्षज्यूले २०७८ साल असोज १८ गते सोमबार बिहान ११:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’

सम्बन्धित

प्रतिक्रिया