प्रतिनिधिसभाको आजको बैठक पनि एमालेद्वारा अवरोध

नेपालखोज २०७८ असोज १४ गते १३:४०

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नासाथ पार्टीले सांसदलाई गरेको कारबाही कार्यान्वयन नगरेको भन्दै एमाले सांसदमा नाराबाजी थालेका थिए ।

नाराबाजीकै बीच सभामुखले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेको तथा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणित गरेको सूचना पढेर सुनाएका थिए ।

एमाले सांसदको नाराबाजी जारी रहेपछि यही असोज १९ गते दिउँसो १ बजेसम्मका लागि सभामुख सापकोटाले बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया