अध्यक्ष नेपालको स्वास्थ्यमा क्रमिक सुधार
नेपालखोज
२०७८ असोज १४ गते १६:२८

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेकाअध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि, शिक्षण अस्पतालमा बुधबार भर्ना गरी उपचार गरिएकाे थियाे । अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार आएर सामान्य कुरा गर्न थालेकाे पार्टीका नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष नेपाललाई केही दिनमै अस्पतालबाट डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । वरिष्ठ छातीरोग विशेषज्ञ डा सन्तकुमार दाससहितको टोली पूर्वप्रधानमन्त्री नेपालको उपचारमा संलग्न छ ।
सम्बन्धित

प्रतिक्रिया