माता लक्ष्मीलाई के मनपर्छ ?

आज शुक्रबारका दिनमा हिन्दु धर्मावलम्बीहरुले आजको दिन शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्ने गर्दछन् । साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गर्ने परम्परा रहेको छ ।
माता लक्ष्मीको व्रत बसी विधिवत् रुपमा पूजा आराधना गर्न उत्तम मानिन्छ । जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन एकदमै सहयोग पुर्याउँछ भन्ने मान्यता रहेको छ ।
भगवान्को पूजा गर्नका लागि बिहानको समय सबैभन्दा महत्वपूर्ण मानिन्छ । हुन त सच्चा मनले भगवान्को आराधना दिनभर जुन सकै समयमा पनि गर्न सकिन्छ भनिन्छ तर, मुहुर्तमा पूजा गर्नुको विशेष महत्व छ ।
बिहानै पूजा गर्दा हाम्रो मन पनि एकाग्र हुन्छ । निद्राबाट उठ्दा मन शान्त र स्थिर रहेको हुन्छ । सारा कुरामा हाम्रो दिमाग गएको हुँदैन् । भगवान्को भक्तिका लागि मनको एकाधिकार रहन एकदमै महत्वपूर्ण हुन्छ ।
देवी लक्ष्मीलाई मनपर्ने
नरिवल – नरिवल देवी लक्ष्मीको प्रतीक मानिन्छ, त्यसैले शिव यसलाई उपभोग गर्दैनन्, तर देवी कमला विष्णुसँग सम्बन्धित भएकाले उनलाई नरिवल पनि चढाइन्छ ।
मखाना– मखाना देवी लक्ष्मीलाई धेरै मनपर्छ । यो कमलको फूलको बीउबाट बनाइन्छ, त्यसैले यसलाई फूल मखाना पनि भन्ने गरिन्छ । यो अनिवार्य रूपमा लक्ष्मीलाई चढाइन्छ ।
सुपारी पान – पान मात्र यस्तो चीज हो, जुन अन्तिममा प्रायः सबै भगवान्लाई चढाउनु उत्तम मानिन्छ । यद्यपि लक्ष्मीलाई मीठो सुपारी मन पर्ने भएकाले उनलाई यही चढाउनु उत्तम मानिन्छ, तर यदि मीठो सुपारी उपलब्ध छैन भने, सादा सुपारी पानहरूले भएपनि उनलायए खुसी बनाउन सकिन्छ ।
दही – गाईको दुधबाट बनेको दही चढाएर, माताको अनुग्रह प्राप्त गर्न सकिन्छ । उनलाई अर्पण गरेपछि यसलाई घरका सदस्यहरूमा प्रसादको रूपमा वितरण गर्नुहोस्, यसले शुभ परिणाम दिन्छ ।
प्रतिक्रिया