बुधबार, वैशाख २६, २०८१

कृष्णको जीवनबाट हामी सिक्न सक्छाैं यी कुरा !

नेपालखोज २०७९ असोज १ गते ५:००

महाभारतमा पाण्डव र कौरवहरु विच युद्धको पल कृष्ण पाण्डव पक्षमा थिए । कौरवहरुसँग धेरै सैन्य र युद्ध कौशल भएको कारण पाण्डव तर्फका अर्जून एकदम्मै अशान्त थिए । एकातर्फ युद्धको अवस्था अनि अर्कोतर्फ काैरव सेनामा आफ्नै दाजुभाई र पितामह (हजूरबुवा) सम्मिलित विरूद्धको लडाईँ, हार र जीत दुवैमा निराशा थियो । श्री कृष्ण आफू जगतपुरुष भएपनि अर्जूनको मनाेवल बढाउने उनको एउटा सामान्य सारथीका रुपमा युद्धमा साथ दिएर काम कहिले पनि सानो ठुलो हुँदैन भनेर अनेकानेक साना ठूला कार्यप्रतिको समानता अनि कर्म र फलबीचको सम्बन्धको व्याख्यालाई प्रेरणाको रुपमा उदाहरण प्रस्तुत गरेका छन् ।

कृष्णको जीवनबाट हामी सिक्न सक्छाैं यी कुरा !

साँचो माया : वृंदावनमा राधाजस्ता धेरै गोपिनी थिए जो कृष्णलाई अत्यन्त माया गर्थे । कृष्णले ति सबैलाई साथीको रूपमा हेरे र सम्मान गरे तर राधाप्रति उनकाे सधैँ अटल प्रेम रह्यो । आजका प्रेमीप्रेमिकाले उनीबाट साँचो प्रम सिक्न सकिन्छ ।

गुरूप्रति आदर: भगवान् विष्णुकै अवतार भएर पनि कृष्णले सधैँ आफ्ना गुरुलाई धेरै सम्मान गरे । जीवनभर भेटिएका सबै संत/ गुरूहरूलाई उनले गरेको सम्मानबाट मानिसले अहंकार त्याग्न सक्नुपर्ने कुरा सिक्न सकिन्छ ।

आमा बुबाको भक्ति : कृष्ण देवकी र वासुदेवकाे पुत्र भएपनि उनका पालन-पोषण यशोदा र नन्दले गरेका थिए । कृष्णले आफ्ना आमाहरु देवकी- यशोदा दुबैलाई एउटै स्थान दिए । बुबाआमाको स्थान सबैभन्दा उँचो रहेको उनले व्यवहारबाट सिद्ध गरे ।

मित्रता : भगवान् श्रीकृष्ण र सुदामाको मित्रता कथा नै बनिसकेको छ । मित्रताको अगाडी ऊंच-नीच, धनी गरीव, सानो ठूलो भन्ने हुँदैन भन्दै निस्वार्थ मित्रता गर्न कृष्णले सिकाएका छन् ।

मोह्त्याग : कृष्णले गरेको व्यवहार र दिएको उपदेशको मर्म भनेको आफ्नो मोहलाई त्यागेर राम्रो र नराम्रो छुट्याई राम्रोका साथ दिने भन्ने नै हो ।

संघर्ष : गोकुलमा उनको जीवन सधै संघर्षले भरिएको थियो तर उनी कत्ति पनि बिचलित भएनन् र सफलता प्राप्त गरेरै छोडे ।

प्रतिक्रिया