ईपीएलमा आज पनि दुई खेल हुँदै

काठमाडौं । प्रिमियर लिग (ईपीएल) मा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर र ललितपुर भिड्दा दोस्रो खेलमा पोखरा राइनोजले चितवन टाइगर्सको सामना गर्नेछ ।
हालसम्म जित निकाल्न नसकेको विराटनगर आजको खेलमा जित निकाल्दै विजयी सुरुआत गर्न चाहन्छ । पछिल्लो खेलमा हार बेहोरेपछि विराटनगरका कप्तान करण केसील अब जित निकाल्नै पर्ने दबाब रहेको बताएका थिए ।
तालिकामा शून्य अंकका साथ विराटनगर पुछारमा छ । त्यस्तै, ललितपुरका कप्तान कुशल मल्ल पनि यो संस्करणमा ब्याटिङमा चल्न सकेका छैनन् । उनले तीन नै खेलमा सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।
साढे १ बजेबाट सुरु हुने दोस्रो खेलमा पोखरा राइनोजले चितवन टाइगर्सको सामना गर्नेछ । अहिले ईपीएलमा पोखरा राइनोज तीन अंकका साथ तेस्रो स्थानमा छ भने ४ अकं बनाएको चितवन टाइगर्स दोस्रो स्थानमा छ ।
आजको खेलमा चितवन टाइगर्सले जित निकाल्न सकेको अवस्थामा ऊ प्ले अफको नजिकमा पुग्नेछ । हिजो भएको खेलमा भैरहवा ग्लाडिएटरसँग बराबरी गरेपछि ललितपुरले एक अंकका साथ खाता खोलेको छ ।
प्रतिक्रिया