बिहीबार, जेठ २, २०८२

साफ च्याम्पियनसिपको लाईभ नेपालमा हेर्न नपाउने !

नेपालखोज २०७८ असोज १५ गते १३:२९

काठमाडौं । दक्षिण एसियाली फुटबल साफ च्याम्पियनसिप नेपालमा प्रत्यक्ष प्रशारण नहुने भएको छ ।

एन्फाले सेप्टेम्बर २४ तारिखमा प्रशारण अधिकारका लागि आवेदन आह्वान गरे पनि आवेदन नपरेकाले आधिकारिक रूपमा प्रत्यक्ष प्रशारण नहुने भएको हो ।

एन्फाले कम्तिमा ४० लाख रुपैयाँमा प्रशारण अधिकार लिन चाहनेको लागि आवेदन माग गरेको थियो ।

अखिल नेपाल फुटबल संघ–एन्फाले प्रयास गरिए पनि प्रत्यक्ष प्रशारणको व्यवस्था गर्न सम्भव नभएको जनाएको छ ।

प्रतिक्रिया