साफ च्याम्पियनसिपमा आयोजकमाथि नेपालको जित

काठमाडौं । साफ च्याम्पियनसिपमा आयोजक माल्दिभ्समाथि नेपालले जित निकालेको छ । मनिष डाँगीले गरेको गोल नै नेपालका लागि निर्णायक बन्यो ।
शुक्रबार राति भएको खेलमा आयोजक माल्दिभ्समाथि नेपालले १–० को जित निकालेको हो ।
सब्सिच्युट खेलाडी मनिषले खेलको ८६औं मिनेटमा माल्दिभ्सका डिफेन्डरलाई झुक्याउँदै उत्कृष्ट गोल गरेका थिए ।
खेल अवधिभर घरेलु टोली माल्दिभ्समाथि हाबी भएको नेपालमाथि माल्दिभ्स गोल गर्न चुकेको थियो । उसका लागि ७९ मिनेटमा हसन नाइजले सिक्स यार्डबाट पाएको अवसर गुमाएका थिए ।
अब नेपालले श्रीलंकासँग असोज १८ गते राति ९ः४५, २४ गते राति ९ः४५ मै भारत र बंगलादेशसँग २७ गते अपराह्न ४ः४५ मा खेल्नेछ ।
साफ च्याम्पियसिपमा यसपटक कोरोना महामारीका कारण भुटानले सहभागिता जनाएको छैन । त्यस्तै फिफाको प्रतिबन्धका कारण पाकिस्तान खेलबाट बञ्चित भएको छ ।
हल नेपालसहित भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्स खेलिरहेका छन् । यी पाँच टोली एकआपसमा खेलेपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
हालसम्म फाइनल पुग्न नसकेको नेपालको लक्ष्य फाइनल पुग्नु रहेको छ ।
प्रतिक्रिया