चौबीस घण्टामा थप ८६७ जनामा कोरोना संक्रमण पुष्टि, १,१२३ डिस्चार्ज

नेपालखोज २०७८ असोज १६ गते १६:३०

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा ८६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ५९८ जनाको पीसीआर परीक्षणमा ६५९ र २ हजार ६२१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०८ जना गरि कुल ८६७ जनामा कोरोना पुष्टि भएको हो । हाल देशभर १७ हजार ६४२ सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, चौबीस घण्टामा मुलुकका विभिन्न अस्पतालबाट थप १ हजार १२३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमण मुक्त हुनेको कुल संख्या ७ लाख ६७ हजार ८१९ पुगेको छ । हाल निको हुने दर ९६ दशमलब ४ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै,गत चौबीस घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार १५७ पुगेको छ ।

प्रतिक्रिया