शुक्रबार, चैत १६, २०८०

मानिसले हत्या किन गर्छ ? (भिडियो)

नेपालखोज २०७८ असोज १७ गते ७:४८

हाइलाइट्स :
–यहाँ जो–कोहीलाई पनि दुःख दिइन्छ, मानिसको दुईवटा स्वभाव हुन्छ । एउटा परपीडक हुन्छ, अरूको पीडामा आफूलाई रमाइलो लाग्ने, यस्ता परपीडक स्वभाव भएका व्यक्तिहरू पनि हुन्छन् । यस्तो स्वभाव भएका व्यक्तिहरू अकारण अरूलाई दुःख दिन्छन् । अरू दुःखी–पीडित हुँदा उनीहरूलाई मज्जा आउँछ । त्यसकारण यस्ता व्यक्तिहरू अरूलाई दुःख दिने क्रममा हत्यासम्मको स्थितिमा पनि पुग्छन् । यो एउटा पक्ष हो ।
–अर्को कारण हुन्छ आवेग । मान्छे जब आवेगमा आउँछ त्यो बेला उसको बुद्धिले काम गर्दैन । ऊ बेहोस हुन्छ । त्यही भएर मानिसले ध्यानको अभ्यास गर्न आवश्यक छ । ध्यानले व्यक्तिलाई होसमा ल्याउँछ ।
–अर्को कारण योजनाबद्ध हुन्छ । कुनै एउटा स्वार्थले आफूले चाहेको कुरा पूर्ति गर्नका लागि पनि व्यक्तिले अरूलाई दुःख दिने, हत्या गर्नेसम्मको स्थितिमा जान सक्ने हुन्छन् । यो तीनवटा कुरा नै हाम्रो मनोवृत्ति हुन् अब यी सबै प्रकारका मनोवृत्तिबाट कसरी आफूलाई र कुनै पनि प्रकारको अपराध आफूबाट नहोस्, त्यहाँबाट आफूलाई कसरी रोक्ने एउटै मात्रै उपाय हो ध्यान ।
–जसले ध्यानको प्रयोग गर्छ, ध्यानको अभ्यास गर्छ उसका मनोवृत्तिहरू सन्तुलित हुन्छन् । उसको मनमा नराम्रा आवेगहरू आउँदैन । उसले गलत योजन बनाउन पनि सक्दैन र त्यो परपीडक प्रविधि पनि विस्तारै ध्यानले कम गराउँदै लान्छ ।

प्रतिक्रिया