सरकारमा जाने मन्त्रीबारे छलफल गर्न माओवादी स्थायी कमिटी बैठक बस्दै

नेपालखोज २०७८ असोज १७ गते ९:०६

, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरुको बारेमा आज छलफल हुनेछ ।

बैठक बस्ने तयारी गरिए पनि समय तय नभएको पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल बताए । पार्टी अध्यक्ष प्रचण्डसँग सल्लाह गरेर बैठकको समय तग गरिने उनले बताए ।

सत्ता गठबन्धनका दलहरुको असोज ६ गते बसेको बैठकमा एक साताभित्र मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको थियो । तर, मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रिपरिषदले पूर्णता पाएको छैन ।

प्रतिक्रिया