कांग्रेस १४ औं महाधिवेशन : विराटनगर महानगरको सभापतिमा चापागाई निर्वाचित
नेपालखोज
२०७८ असोज १७ गते १२:२८

काठमाडौं । नेपाली कांग्रेस विराटनगर महानगरपालिको सभापतिमा दीपक चापागाईं निर्वाचित भएका छन् । १४ महाधिवेशनका लागि भएको निर्वाचनमा आज (आइतबार) घोषित अन्तिम परिणामअनुसार उहाँले निकटतम प्रतिस्पर्धी सन्तोष न्यौपानेलाई ४७ मतअन्तरले पराजित भए।
उपसभापतिद्वयमा इन्दु सुवेदी खतिवडा र नीरज कोइराला, सचिवद्वयमा झुमा निरौला र तेजिन्द्र भट्टराई, सहसचिवद्वयमा दिवस नेपाल र सचिन पोखरेल निर्वाचित भए। महानगरका ६८१ मतदातामध्ये ६६४ जनाले मतदान गरेका थिए । –रासस
सम्बन्धित

प्रतिक्रिया